आज: २०८२ फागुन २५, सोमबार | Mon, 09, Mar, 2026

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ,रास्वपाले १२४ सिट प्राप्त गरी पहिलो स्थानमा

२०८२ फागुन २५, सोमबार मा प्रकाशित ( ११ घण्टा अघि) १३९६ पटक पढिएको
नारी बाटिका


अझै ४ सिटको नतिजा आउन बाँकी
नारी वाटिका संवाददाता

धादिङ -२५ फागुन ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले १२४ सिट प्राप्त गरी पहिलो स्थानमा पुगेको छ । प्रत्यक्षतर्फको मतगणना आज अन्तिम चरणमा पुगेको छ भने अझै ४ सिटको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

पछिल्लो मतगणनाको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेले १।१ सिटमा अग्रता रहेका छन् ।

। रास्वपाले गोरखा(१ मा, नेपाली कांग्रेसले इलाम(१ मा र नेकपा एमालेले सङ्खुवासभा(१ मा अग्रता बनाइरहेका छन् । धनुषा जिल्लाको निर्वाचन क्षेत्र न.ं १ को मतपरिणाम भने हाल सार्वजनिक नगर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

यस हिसावले हालसम्म रास्वपाले सर्वाधिक १ सय २४ सिटमा विजयी हाँसिल गरी सकेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेसले १७ सिट र तेस्रो स्थानमा नेकपा एमालेले ८ सिट जितेको छन् । नेपाली कम्युनिस्ट फार्टी ७ सिटसहति चौथो स्थानमा रहेको छ ।

श्रम संस्कृति पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेका छन् । साथै १ जना स्वतन्त्र उम्मेदवार विजयी भएको आयोगले जनाएको छ । सदस्य निर्वाचनमा रास्वपाले १२४ सिट प्राप्त गरी पहिलो स्थानमा पुगेको छ । प्रत्यक्षतर्फको मतगणना आज अन्तिम चरणमा पुगेको छ भने अझै ४ सिटको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

पछिल्लो मतगणनाको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेले १।१ सिटमा अग्रता रहेका छन् । रास्वपाले गोरखा(१ मा, नेपाली कांग्रेसले इलाम-१ मा र नेकपा एमालेले सङ्खुवासभा-१ मा अग्रता बनाइरहेका छन् । धनुषा जिल्लाको निर्वाचन क्षेत्र न. १ को मतपरिणाम भने हाल सार्वजनिक नगर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

यस हिसावले हालसम्म रास्वपाले सर्वाधिक १ सय २४ सिटमा विजयी हाँसिल गरी सकेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेसले १७ सिट र तेस्रो स्थानमा नेकपा एमालेले ८ सिट जितेको छन् । नेपाली कम्युनिस्ट फार्टी ७ सिटसहति चौथो स्थानमा रहेको छ ।

श्रम संस्कृति पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेका छन् । साथै १ जना स्वतन्त्र उम्मेदवार विजयी भएको आयोगले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस