
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२८ फागुन ।
जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि देशभर मौसमी गतिविधि क्रमशः बढ्न सक्ने जनाएको छ। महाशाखाले बुधबार विशेष मौसम बुलेटिन जारी गर्दै वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाँदा देशका केही स्थानमा क्षणिक वर्षा हुन सक्ने सम्भावना छ।
महाशाखाका अनुसार नेपालमा हाल देखिएको वायु प्रदूषण र तुवाँलोको अवस्था क्रमिक सुधार हुने सम्भावना रहेको विभागको भनाइ छ । पछिल्ला केही दिनदेखि उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणाली स्थिर रहँदा पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसकेको जनाएको छ ।
वायुमण्डलको तल्लो तहमा पनि पर्याप्त न्यून चापीय गतिविधि नबढ्दा वर्षा हुन नसकेको अवस्था छ। सोही कारणले प्रदूषणका कणहरू वायुमण्डलको तल्लो तहमै थुप्रिँदा देशका धेरै भू–भागमा तुवाँलो देखिएको मौसमविद्हरूले बताएका छन्।
विभागले तुवाँलोका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेष गरी अशक्त,ज्येष्ठ नागरिक तथा बालबालिकामा श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरुले विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।








प्रतिक्रिया दिनुहोस