आज: २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026

बजारमा भएको ग्यासको अभावले अब आधा सिलिन्डर मात्रै उपभोक्ताले पाउने

२०८२ फागुन २९, शुक्रबार मा प्रकाशित ( २ घण्टा अघि) १३६५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ- २९ फागुन ।
पश्चिम एशियामा चर्किँदै गएको हिंसात्मक द्वन्द्वको नेपालीको घर चुलोमा पनि परेको छ ।

विगत १३ दिन अघिदेखी मध्यपुर्व तथा पश्चिम एशियामा बढ्दो द्वन्द्वका कारण एलपी ग्यास आयात प्रभावित भएपछि नेपालमा अबदेखि उपभोक्ताले खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै खरिद गर्न भाउने व्यवस्था गर्न लागिएको हो।

केही दिनदेखी बजारमा ग्यासको अभाव हुंदै गएपछी नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालन समितिको बैठकले ग्यासको उपलब्धता व्यवस्थापन गर्न यस्तो निर्णय गरेको हो।
विशेषगरी खाडी मुलुकका ग्यासका खानी,तेल आयात गर्ने मुख्य स्टेशनहरुमा आक्रमण भई नेपालमा आयात हुनमा अवरोध आएकोले बजारमा ग्यासको आपूर्ति सहज बनाउन अस्थायी रूपमा आधा सिलिन्डर मात्रै भएपछी वितरण गर्ने व्यवस्था लागू गरिएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए।

ग्यासको अभाव बड्दै गएपछि आधा सिलिन्डर भएपनि आपूर्ति सन्तुलन कायम गर्ने उपायका रूपमा लिएको निगमले जनाएको छ। निगमले बजारमा अत्यधिक अभाव हुन नदिन र सबै उपभोक्तासम्म ग्यास पुग्ने सुनिश्चित गर्न यो व्यवस्था गरिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस