आज: २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026

२४ घण्टाभित्र इरानका २ सय बढी ठाउँमा आक्रमण गरेको इजरायली दावी

२०८२ फागुन २९, शुक्रबार मा प्रकाशित ( २ घण्टा अघि) ५२८ पटक पढिएको
नारी बाटिका


एजेन्सी ।

इजरायली वायुसेनाले गत २४ घण्टामा पश्चिमी र मध्य इरानका २ सय भन्दा बढी सैन्य केन्द्रमा व्यापक हवाई आक्रमण गरेको दावी गरेको छ । इजरायल–इरानबीचको टकरावले जारी आक्रमणले क्षेत्रीय सुरक्षा अवस्थालाई थप संवेदनशील बनाएको अवस्था छ ।

सैन्य गुप्तचर निकायको निर्देशनमा दर्जनौं लडाकु विमानले एकै दिनभित्रमा तीव्र आक्रमण गरेको इजरायली वायुसेना (आइएएफ)ले दावी गरेको हो। आक्रमणका क्रममा ब्यालिस्टिक मिसाइल प्रक्षेपण प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र तथा युद्धका लागि प्रयोग हुने उत्पादन स्थलहरूलाई लक्षित गरी हतियारहरु प्रयोग गरिएको जनाइएको हो ।

आइएएफले ‘रोअर अफ द लायन’ नामक अभियान चलाए देखी इजरायलतर्फ हुने सम्भावित मिसाइल आक्रमण घटाउने उद्देश्यले इरानका विभिन्न सैन्य भौतिक पूर्वाधारमा सयौं आक्रमणात्मक उडान सञ्चालन गर्दै आएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस