आज: २०८२ चैत्र १, आईतबार | Sun, 15, Mar, 2026

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन्जी अगुवाको माग

२०८२ चैत्र १, आईतबार मा प्रकाशित ( २ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


काठमाडौं चैत १ ।

जाँचबुझ आयोगले बझाएको प्रतिवेदन सार्वजनिक गर्न जेन्जी अगुवाहरुले माग गरेका छन् ।

केही दिनअघि जाँचबुझ आयोगल भाद्र २३ र २४ गते भएको आन्दोलनका घटनामा भएको जनधनको क्षतिका विषयमा छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाई सकेको भएतापनि हालसम्म बाहिर नल्याएईकोले तत्काल सार्वजनिक गर्न उनहरुले सरकारसँग माग गरेका हुन् ।

जेनजी अगुवाहरुले शनिबार एक विज्ञप्ति जारी गर्दै जेन्जी आन्दोलनमा भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउनु पर्नेमा सरकारसंग माग राखेका छन् । सङ्गठनले प्रतिवेदन सार्वजनिक नगरेसम्म देशमा न्याय र स्थायित्व स्थापित हुन नसक्ने समेत बताएका छन् ।

यसैगरी प्रतिवेदन तयार भई सरकारको हातमा पुग्दापनि यसलाई सार्वजनिक नगरिनुले देशको नेतृत्वप्रति पारदर्शिता र उत्तरदायित्वको अवस्था कमजोर देखिने बताएका छन् ।

जारी विज्ञेप्तिमा भनिएको छ ,आन्दोलनको प्रतिवेदन नै गोप्य राखिनु पूर्ण रूपमा अस्वीकार्य हुने बताइएको छ । सत्य लुकाएर वा दोषीलाई संरक्षण गरेर कुनै पनि राजनीतिक प्रक्रिया अघि बढाउन खोजिनु जनभावना र लोकतान्त्रिक मूल्यविरुद्ध हुने जेनजीको भनाई छ ।

साथै उनीहरुले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि मात्रै नयाँ सरकार गठन गर्नुपर्ने स्पष्ट धारणा राखेको हुन् । आइतबार जेन्जी मुभमेन्ट नेपालले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन आयोजना गर्ने तयारी छ । साथै देशभर एकैसाथ विरोध प्रदर्शन गर्न सर्वसाधारणलाई सहभागी हुन सङ्गठनले अपिल समेत गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस