
नारी बाटिका
दुबई
इरानले गरेको पहिल्लो मिसाइल र ड्रोनको प्रहारबाट कम्तीमा सातजनाको मृत्यु भएको छ । यूएई रक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञेप्ति अनुसार संयुक्त अरब इमिरेट्स यूएईमा मिसाइल र ड्रोन आक्रमणका कारण फेब्रुअरी २८ यता सात जनाको मृत्यु भएको पुष्टी गरेको हो।
उक्त आक्रमणमा मारिनेहरूमा दुई सैनिक र पाँच सर्वसाधारण रहेको जनाएको छ । साथै विभिन्न देशका १४५ जना नागरिकहरु घाइते भएका छन्। सो अवधिमा यूएई सुरक्षा बलले इरानबाट प्रक्षेपण गरिएका ३०४ वटा ब्यालिस्टिक मिसाइल, १५ वटा क्रुज मिसाइल र एक हजार ६२७ वटा ड्रोनलाई नष्ट गरेको बताइएको छ।
यससंगै हिजो(सोमबार) भएको आक्रमणमा ६ वटा ब्यालिस्टिक मिसाइल र २१ वटा ड्रोन प्रयोग गरिएको थियो । सोही ड्रोनले अबुधाबी, दुबई, फुजैराह र उम्म अल क्वैन क्षेत्रमा क्षति पुर्याएको जनाएको छ।
शोमबार कै ड्रोनको आक्रमणले अबुधाबीको अल बह्याह क्षेत्रमा मिसाइल लागेर एक निजी सवारीसाधन नष्ट हुँदा एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै ड्रोन आक्रमण हुँदा इन्धन ट्यांकमा आगलागी भएको र केही समय उडान सेवा रद्ध भएको थियो।
यसैगरी फुजेराह तेल उद्योग क्षेत्रमा समेत आगलागी भएको तर उक्त आगलागीले कुनै मानवीय क्षति नभएको बताईएको छ । यसरी बढ्दै गएको आक्रमणको मध्यनजर गरी यूएई रक्षा मन्त्रालयले थप उच्च सतर्कता अपनाइएको जनाएको छ।








प्रतिक्रिया दिनुहोस