आज: २०८२ चैत्र ७, शनिबार | Sat, 21, Mar, 2026

आज सातै प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

२०८२ चैत्र ७, शनिबार मा प्रकाशित ( ३ घण्टा अघि) १३३४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -७ चैत ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव  छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले आज मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ। साथै बाँकी सबै भूभागमा साधरणतया बादल लागेको जनाएको छ।

शनिबार(आज) दिउँसो देशभर अधिकांश भु भागमा बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा चट्याङ्ग पर्ने तथा असिना, हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको रहेको छ।

त्यस्तै आज राति पनि देशभरमा आँसिक बादल लाग्नेछ , साथै कोशी प्रदेशलगायत बाँकी प्रदेशको हिमाली क्षेत्रका केही स्थानमा तथा बाँकी पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस