आज: २०८२ चैत्र ७, शनिबार | Sat, 21, Mar, 2026

होर्मुजको जलमार्गमा जहाजसहित नेपाली युवक नियन्त्रणमा

२०८२ चैत्र ७, शनिबार मा प्रकाशित ( २ घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


एजेन्सी ।

कजना नेपाली युवकलाई नियन्त्रणमा लिएको छ । करिव १ महिना अघिदेखी इरान र इजरायलबीच बड्दै गएको तनावले खाडी क्षेत्रको मुख्य स्थान मानिएको होर्मुज जलमार्गबाट धनुषा घर भएका अमृत झालाई नियन्त्रणमा लिएको हो।

परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन मार्फत उक्त घटनाको जानकारी गर्दै भनेको छ एक जहाज अपहरण गर्ने क्रममा सोही जहाजमा कार्यरत सबै ‘क्रू मेम्बर’ नियन्त्रणमा छन्। झा पनि साहेी जहाजमा प्राविधिक कर्मचारीको रूपमा काम गर्दथे ।उनी सम्पर्क विहीन भएपछि परिवारले खोजी गर्न अनुरोध गरेका छन् ।

झा को रिहाइको पहल भइरहेको तेहरानस्थित नेपाली दूतावासमार्फत जानकारी दिएको छ। हालसम्म मध्यपूर्वमा ८२ हजार भन्दा बढीको संख्यामा नेपालीको विवरण संकलन भइसकेको मन्त्रालयले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस