आज: २०८२ चैत्र ७, शनिबार | Sat, 21, Mar, 2026

बर्गदवामा आज हिन्दु र मुस्लिम समुदायबीच झडप

२०८२ चैत्र ७, शनिबार मा प्रकाशित ( २ घण्टा अघि) ६८३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
कपिलवस्तु -७ चैत ।

कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा आज हिन्दु र मुस्लिम समुदायबीच झडप हुंदा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। इदको अवसरमा माइकको आवाज चर्को भएको विषयमा दुई पक्षबिच झडप भएको हो ।

विवादले उग्र हुँदै गएपछि झडप भएको थियो । सोही घट्नाले थप समस्या ननिम्त्यिाओस भन्ने उदेस्यले जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो । दुई पक्षकाबिचमा बड्दै गएको विवादले सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी शनिबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

झडपका क्रममा ढुंगा हानाहान भएको र घटनामा ५ जना घाइते भएका छन्। केही बेरअघि स्थिति नियन्त्रणमा आएको बनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस