आज: २०८२ चैत्र ९, सोमबार | Mon, 23, Mar, 2026

रविको मुद्दामा सर्विच्च अदालतमा सुनुवाइ जारी

२०८२ चैत्र ९, सोमबार मा प्रकाशित ( ३ घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता
धादिङ -९ चैत ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धमा दायर भएको मुद्दामा अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ जारी रहेको छ ।

महान्यायाधिवक्ता कार्यालयले रविविरुद्ध सुरुमा लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरे लगतै त्यसविरुद्ध परेका रिटमा न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ चलिरहेको हो ।

गत पुस ३० महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा गरी चारै जिल्लाका अदालतहरमा परेको सोही मुद्दामा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र सच्याउने निर्णय लिएकी थिइन् ।

महान्यायाधिवक्ता भण्डारीले गरेको उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र अदालती अभियन्ता युवराज पौडेल सफलले मुद्दा दायर गर्नु भएको थियो ।

सोही मुद्धामा यसअघि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको निर्णयसम्बन्धी कागजात झिकाएर पेश गर्न आदेश दिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस