आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

अध्ययन भिसामा जापान गएका धादिङका सन्जित बन्जरा होस्टेलको द्वाइलेटमा मृत भेटिए

२०८२ चैत्र १५, आईतबार मा प्रकाशित ( १ दिन अघि) ३०७० पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता

धादिङ -१५ चैत ।

अध्ययन भिसामा ६ महिनाअघि जापान गएका धादिङका सन्जित बन्जराको, आफु बस्ने होस्टेलको द्वाइलेटमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

गत वर्ष अ​​क्टोबरमा अध्ययनको लागी जापान गएका बन्जराको जापानको एकोहामास्थित उनी बस्ने नेपाली होस्टेलको द्वाइलेटमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

बन्जरालाई बिहान त्यसै होस्टलमा बस्दै आएका साथीहरूले देखेपछि तत्काल उनी अध्ययन गर्ने कलेजमा जानकारी गराएका थिए ।

त्यसपछि प्रहरीमा खबर गरिएको थियो । घटनाको सम्वन्धमा अहिले जापान प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी मृतकको शव आफन्त र साथीहरूको सल्लाह अनुसार बुझिलिएको बताईएको छ ।

साथै मृतक बन्जराको पार्थिव शरीर नेपाल पठाउने वा जापानमै दाहसंस्कार गर्ने भन्ने विषयमा उनका परिवार, आफन्त तथा जापानस्थित धादिङ समाजका नेपालीहरूबिच छलफल भइरहेको बताईएको छ।

रोजगारीको  लागी विशेष गरी अध्ययन भिजामा जापान गएका धेरै विद्यार्थीहरुमा जापान पुगेपछि सोचे अनुसार काम र आम्दानी नहुनु, पार्टटाइम कामबाट होस्टेल तथा कलेज(गाक्को)को शुल्क तिर्नै मुस्किल हुनु, परिवारलाई आफु जाँदाको ऋणसमेत समयमा पठाउन नसक्नु जस्ता कारणले विद्यार्थीहरुमा मानसिक दबाब बढ्ने र सोही कारण डिप्रेसन बढ्दै गएको त्यहाँ बस्ने नेपालीहरुको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%

प्रतिक्रिया दिनुहोस