आज: २०८२ चैत्र १८, बुधबार | Wed, 01, Apr, 2026

आगमी वैशाख १ देखी असार ७ सम्म राष्ट्रीय आर्थिक गणना गर्ने

२०८२ चैत्र १८, बुधबार मा प्रकाशित ( ३ घण्टा अघि) ६५२ पटक पढिएको
नारी बाटिका


बिबिय,नारी वाटिका संवाददाता
धादिङ -१८ चैत ।

आगमी वैशाख १ देखी असार ७ गते दोस्रो पटक राष्ट्रिय आर्थिक गणना गर्ने भएको छ ।

अर्थतन्त्र मापनका लागि आर्थिक गणनाु भन्ने मुख्य नारा लिएर गणनाको कार्य सञ्चालन भइरहेको छ राष्ट्रिय तथ्याङ्क कार्यालयले आयोजना गर्ने यस गणना अन्तर्गत देशभरबाट करिब ४,००० गणकहरू खटिनेछन् ।

यसका कार्यका लागी स्थलगत तथ्याङ्क सङ्कलन कार्य २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने जनाएको छ । आर्थिक गणना गर्दा विशेषगरी आर्थिक संरचना, औद्योगिक गतिविधि, र रोजगारीको अवस्थाको विस्तृत तथ्याङ्क सङ्कलन गर्ने मुख्य उदेस्य रहेको जिल्ला आर्थिक गणना कार्यैलयले जनाएको छ ।

आगमी २०८३ वैशाख २ गते देखि असार ७ गते सम्म स्थलगत रपमै गई गणकहरुले विस्तृत विवरण भरेर ल्याउनेछन् । यस कार्यको लागी देशभरमा ४ हजारभन्दा बढी गणक तथा सुपरिवेक्षक परिचालन हुने भएका छन् ।

तथ्याङ्क विभागले मुख्य प्रशिक्षक र अधिकृतहरूलाई तालिम सम्पन्न गरी गणनास्थलसम्म खटाउन आवश्य तयारी गरी रहेको छ। यस गणनाले साना तथा ठूला सबै प्रकारका आर्थिक एकाइहरूको विवरण सङ्कलन गर्ने सरकारको लक्ष रहेको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस