
धादिङ ।
अबुधाबीको अजबान क्षेत्रमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा १२ जना घाइते भएका छन्। उक्त घटनामा परी घाइते हुनेहरुमा सात जना नेपाली नागरिक र पाँच जना भारतीय परेका हुन्।
, अबु धाबी मिडिया अफिसले सामाजिक सञ्जालमार्फैत सार्वजनिक गर्दै १२ जनामध्ये छ जनालाई सामान्यदेखि मध्यम चोट लागेको छ । घाईते नेपालीमध्य एक जना गम्भीर अवस्थामा छन् । घाइते नेपालीसमेतको नामावली सार्वजनिक भएको छैन।
यद्यपि यस आक्रमणले ठुलै क्षति हुने अवस्था भएपनि त्यहाँका वायु रक्षा प्रणालीले उक्त “क्षेप्यास्त्रलाई सफलता पूर्वक रोकेको कारण ” भग्नावशेष मात्रै खसेको बताइएको थि यो।
गत फेब्रुअरी २८ देखी मध्यपूर्वमा सुरु भएको द्वन्द्वले त्यस क्षेत्रमा काम गर्ने आठजना भारतीय नागरिकको मृत्यु भइसकेको छ भने धेरै घाइते भइसकेका छन्।












प्रतिक्रिया दिनुहोस