आज: २०८२ चैत्र २१, शनिबार | Sat, 04, Apr, 2026

यूएईमा घाइते सात नेपालीमध्ये ६ जना नेपाली डिस्चार्ज

२०८२ चैत्र २१, शनिबार मा प्रकाशित ( ३ घण्टा अघि) ८०७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -२१ चैत ।
इरानले गरेको मिसाइल आक्रमणको अवशेषको टुक्रा खसेर घाइते भएका सात जना नेपालीमध्ये ६ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

यूएईस्थित नेपाली दूतवासले एक सूचना जारी गर्दै ६ जना नेपाली अस्पतालबाट डिस्चार्ज भएको र एक जना उपचाररत रहेको जानकारी दिएको हो ।

दूतावासले घाईते नेपालीसँग फोन सम्पर्क गरी उनीहरु खतरामुक्त रहेको बताएको छ । घाइतेमध्ये ४ जनासँग प्रत्यक्ष भेटेको दुतावासको भनाई छ । यसका साथै दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षा मापदण्ड पालना गर्न पनि अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस