आज: २०८२ चैत्र २७, शुक्रबार | Fri, 10, Apr, 2026

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

२०८२ चैत्र २७, शुक्रबार मा प्रकाशित ( ६ घण्टा अघि) १११७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२७ चैत ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा मूल्य बढेपछी निगमलाई निकै घाटा भएको भन्दै नयाँ मूल्य समायोजन गरिएको निगमले जनाएको हो।

गएराति १२ बजेदेखी लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपियाँ तथा डिजेलर मट्टितेलमा प्रतिलिटर २५ रुपियाँ वृद्धि गरेको आयल निगमको भनाई छ । यस्तै, ग्यासमा रु १०० ले वृद्धि गरिएको छ।

नेपाल आयल निगमले यसरी हप्तै पिच्छे मूल्यवृद्धि गरिँदा पनि निगमलाई १० अर्ब २१ करोड ९१ लाख घाटा हुने निगमको मुल्यसुचिमा उल्लेख गरेको छ       

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस