आज: २०८२ चैत्र २७, शुक्रबार | Fri, 10, Apr, 2026

अभिभावकले वैशाख महिनाको शुल्क तिर्न नपर्ने,शिक्षा मन्त्रालय

२०८२ चैत्र २७, शुक्रबार मा प्रकाशित ( ३ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिकका संवाददाता
धादिङ -२७ चैत ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरुले आगामी वैशाख महिनाको शुल्क लिन नपाउने भन्ने उर्दी जारी गरेको छ ।

विगतका वर्षदेखी निजी विद्यालयहरुले आफ्नो लाग्ने सम्पुर्ण वार्षिक सुल्कहरु बालबच्चाका अभिभावकहरुसंग लिईँदै आइरहेकोमा यस वर्ष नयाँ बनेको रास्वपाको सरकारले आगमी वैशाख महिना अर्थात नयाँ भर्ना गर्ने वैशाख महिनाको सुल्क विद्यार्थीका अभिभावकले तिर्नु नपर्ने भनी उर्दी जारी गरेको हो ।

मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता महेन्द्र पराजुलीले सरकारले नै वैशाख २१ गतेदेखिमात्रै पठनपाठन थाल्ने निर्णय गरेकाले वैशाख महिनाको कुनै पनि शुल्क अभिभावकहरूले तिर्न नपर्ने जानकारी दिए।

,‘शिक्षा मन्त्रालयको भनाई अनुसार अब पठनपाठन नै नहुने भएपछि वैशाख २१ गतेसम्मको शुल्क विद्यालयले लिनै पाउँदैनन्,यदि कुनै विद्यालयले अभिभावकसंग वैशाख महिनाको सुल्क भनेर मागेमा अभिभावकहरूले नदिनुहोला,पठन पाठन सुरु भएपछिको मात्रै विद्यालयले शुल्क लिन पाउँने हो भनेर उर्दी जारी गरेको छ ।’ तर शिक्षा मन्त्रालयले दिएको यस चेतावनीलाई सम्वन्धित निजी विद्यालय र अभिभावकले यस कदमलाइ कुन रुपमा लिन्छन् भन्ने कुरा चाँही आगमी समयले बताउने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस