
नारी बाटिका
रौतहट ३० चैत ।
पर्साको वीरगन्जमा भारतीय राजदूतावास नजिकै एक प्रहरी जवानको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। हत्या हुनेमा नेपाल प्रहरीका बहालवाला कर्मचारी पर्साको कालिका माई गाउँपालिका(१ मुडली घर भएका २८ वर्षीय विकास चौरसिया प्रहरी जवान हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार, वीरगन्ज(९ मुरलीस्थित फिरोजा मियाको घरमा एक व्यक्ति गम्भीर घाइते अवस्थामा रहेको भन्ने सूचना पाएपछी प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
सोही क्रममा प्रहरी जवान चौरसियामाथी धारिलो हतियार प्रहार शरिरभर चोटै चोट लागेको कारण अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा अन्य सुरक्षा टोलिले भेटिएका उनलाई तत्काल उपचारका लागि नारायणी अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृतक प्रहरी चौरसिया वीरगन्जकै मुर्लीमा डेरा गरी बस्दै आएक र उनी १० दिनको बिदामा घर आएका थिए। उक्त घटनामा संलग्न भएको आशंकामा एक महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरु रौतहट घर भएका २६ वर्षीय सन्तोष साह, उनकी पत्नी २४ वर्षीया सोनी साह, बाराका १९ वर्षीय विशाल साह र १९ वर्षीय भारतीय नागरिक कन्हैया कुमार रहेको प्रहरीले जनाएको छ । घटनाको कारण र प्रकृतिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस