आज: २०८३ बैशाख ३, बिहिबार | Thu, 16, Apr, 2026

इरानको कब्जामा रहेका नेपाली युवा अमृत झा सकुशल रिहा

२०८३ बैशाख ३, बिहिबार मा प्रकाशित ( ३ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -३ वैशाख ।
इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा सकुशल रिहा भएका छन् ।

परराष्ट्र मन्त्रालयले बुधबार उनलाई इरानले मुक्त गरेको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार औपचारिक रूपमा झा रिहा भएको जानकारी प्राप्त भइसकेको छ र अब आवश्यक कूटनीतिक तथा प्रशासनिक प्रक्रिया अघि बढाइने जनाएको छ।

झा रिहाइ भएको बारे उनका परिवारजनलाई पनि जानकारी गराइएको छ। बुधबार मात्रै आफूहरूले झा रिहा भएको खबर पाएको परिवार स्रोतले बताएको थियो । इजरायल–अमेरिका र इरानबीचको तनाव चर्किनु अघि इन्धन ल्याउने काममा अमृत झा इरान पुगेका थिए ।

त्यस समयमा झा दुबईस्थित एक पानीजहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत थिए । तेल बोकेर फर्किने क्रममा इरानी सुरक्षाकर्मीको नियन्त्रणमा परेका हुन् । ।करिब दुई वर्षअघि ‘ब्ल्याक सी मरिन एलएलसी’ नामक कम्पनीमा काम गर्न वैदेशिक रोजगारीका लागि दुबई गएका उनी पानी जहाजमा काम गर्दै आएका थिए

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस