आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

अनुसन्धान जारी राख्दै दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

२०८३ बैशाख ४, शुक्रबार मा प्रकाशित ( २ घण्टा अघि) ५५९ पटक पढिएको
नारी बाटिका


बिबियु-नारी वाटिका संवाददाता

धादिङ -४ वैशाख ।

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि थुनामा रहेका खड्कालाई बन्दी प्रत्यक्षीकरण तर्फको निवेदनमार्फत छाड्न बिहिबार सर्वोच्चले आदेश दिएको हो।

सर्वोच्चका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले श्रीमती विनिता थापाले दायर निवेदनमाथी सुनुवाइ गर्दै खड्कालाई थुना बाहिरबाटै अनुसन्धान गर्न आदेश दिएको हो।

खड्कालाई थुनामा राखी रहन कानुनसम्मत नभएको ठहर गर्दै अनुसन्धान भइरहेको अभियोगमा मिलापत्र हुन सक्ने पनि जनाएको छ। विदेश जान भने रोक लगाउँदै खड्कालाई छाड्न आदेश दिएको छ ।

उनलाई विदेश जानको लागी अदालतको अनुमति चाहिने भएको छ। सर्वोच्चको यो आदेशपछी उनी थुना बाहिर बाटै मुद्धा लड्न पाउने भएका छन् । खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चैत १५ गते पक्राउ गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस