आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

साइबर अपराध बढ्दै गएपछी प्रहरीको नयाँ रणनीतिक योजना

२०८३ बैशाख ४, शुक्रबार मा प्रकाशित ( ४ घण्टा अघि) १११७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -४ वैशाख।

जिल्ला प्रहरी परिसर काठमाडौंले सवइबर अमराध बढ्दै गएपछी सुरक्षाको लागी नयाँ रणनीतिक योजना तयार गरेको छ । प्रहरी परिसर काठमाडौंले अपराध नियन्त्रण र अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउनको लागी सार्वनिक सुरक्षा सम्वन्धित रणनीतिक योजना लागु गर्न लागिएको हो ।

यस्तै सामाजिक संन्जालको गलत प्रयोग गरी पछिल्लो समयमा सवाइबर अपराध बढ्दै जाँदा नियन्त्रणमा चुनौती थपिएको छ । प्रहरीका अनुसार बढ्दो साइबर अपराधको स्वरूप, प्रविधिको दुरुपयोग र जन अपेक्षाको चापबीच सेवा प्रवाहलाई छिटो छरितो,पारदर्शी र प्रभावकारी बनाउन विशेष योजना निमार्ण भइरहेको छ।

यस्तै प्रहरीले ‘प्रहरी प्रतिक्रिया समय’ घटाउनु आफ्नो मुख्य चुनौती रहेको जनाएको छ। सवारी साधन परिचालन, ट्राफिक जाम (३ मिनेटसम्म) र सडक जंक्शन, बिट तथा पिकेटमार्फत निगरानीलाई थप सुदृढ बनाउने प्रयास भइरहेको जनाएको छ।

प्रहरीको नयाँ योजना अनुसार भौतिक उपस्थिती बिना सेवा विस्तार गर्न प्रविधिको प्रयोग गरी भौतिक उपस्थिती बिना नै अनुसन्धान गर्ने लक्ष्य तयार गरेको हो। उजुरी दर्ता, बयान, सनाखत (मानिस तथा सामान) र चोरी भएका वस्तुको पुनःप्राप्तिलगायतका कार्यलाई डिजिटल माध्यमबाट नै गर्ने तयारी भइरहेको छ।

पछिल्लो समयमा सामाजिक संन्जालको दुरुपयोग गरी ठगी, दुश्प्रचार, साइबर बुलिङ तथा मानसिक स्वास्थ्यमा असर पार्ने गतिविधि तीव्र रूपमा बढ्दै गएको प्रहरीको निष्कर्ष छ। साइबर अपराधलाई नियन्त्रण गर्न प्रविधिमैत्री अनुसन्धान र जनचेतना कार्यक्रमलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस