आज: २०८३ बैशाख १०, बिहिबार | Thu, 23, Apr, 2026

भारतीय तीर्थयात्री सवार जीप दुर्घटना हुँदा एक बालकको मृत्यु, २१ घाइते

२०८३ बैशाख १०, बिहिबार मा प्रकाशित ( ३ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


धादिङ -१० वैशाख ।

भारतीय तीर्थयात्री सवार जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। भिङ्ग्रीबाट स्वर्गद्वारी मन्दिरतर्फ दर्शन गर्नका लागी जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जीप स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा दुर्घटना भएको हो।

दुर्घटनामा २१ जना घाइते भएका छन् । घाईतेमध्य ५ जना बालबालिकाहरु परेका छन् भने १० जना घाईतेलाई थप उपचारका लागि बुटवल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

घाइतेको उद्धारका लागी प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा लगिएको छ। मृतकको पहिचान खुलेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस