
सर्लाही १४ वैशाख ।
सर्लाहीको लालबन्दीमा जङ्गली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१५ पिडखोल्सास्थितमा घर भई बस्ने अ.३२ वर्षका प्रेमबहादुर थिङ(दावा)को बँदेलको आक्रमणबाट मृत्यु भएको हो ।
बँदेलले आक्रमण गरेपछी घाइते भएका थिङको उपचारका लागि महेन्द्र राजमार्गस्थित लालबन्दी तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले बताउनु भयो ।
प्रहरीले घटना स्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा छ । गएराति जङ्गली बँदेलले खेतमा पसेर मकैमा क्षति पुर्याएपछी उनी केही दिनदेखि मकै बाली कुर्न लागि खेतमा बस्दै आएका थिए ।












प्रतिक्रिया दिनुहोस