आज: २०८३ बैशाख १४, सोमबार | Mon, 27, Apr, 2026

घरको चारतलाबाट खसेर सल्यानटारमा सात वर्षीय बालकको मृत्यु

२०८३ बैशाख १४, सोमबार मा प्रकाशित ( ३ घण्टा अघि) २६०५ पटक पढिएको
नारी बाटिका


बिबियु- नारी वाटिका संवाददाता
धादिङ -१४ वैशाख ।

धादिङको त्रिपुरासुन्दरी गाउँपलिका २ सल्यानटारमा घरको छतबाट खसेर एक सात वर्षीय बालकको मृत्यु भएको छ ।

आईबार दिउँसो करिव पौने १ बजेतिर भाडामा बसेको घरको छतमा अर्का अ.६ वर्षीय बालक साथीसंग खेल्दै गरेका लिबरल बराइली अचानक तल भुईँमा पच्छारिएर गम्भीर घाईते भएका थिए ।

छतबाट खसेर भएको दुर्घटनामा परी गम्भीर घाइते उनलाई धादिङ अस्पतालमा सामान्य उपचारपछी थप उपचारको लागी काठमाडौंको मेडिसिटी अस्पताल लगिएको थियो ।

सोही अस्पतालमा उपचारको क्रममा बेलुकी करिव साँडे नौ बजेतिर बालकको असामयिक निधन भएको हो ।

उनी सल्यानटार बालविकास निजी स्कुल LKG मा अध्ययन पुरा गरी हाल उतिर्ण भई UKG (युकेजी)मा प्रवेश गरेका थिए । उनका आमा र बावु दुवैजना सोही पालिकाको स्वास्थ्य चौकीमा कार्यरत रहेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस