आज: २०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

अब ट्राफिक प्रहरीले चालकको लाइसेन्स र ब्लुबुक खोस्न नपाउने

२०८३ बैशाख १८, शुक्रबार मा प्रकाशित ( २ घण्टा अघि) ४६६ पटक पढिएको
नारी बाटिका


बिबिय -नारी वाटिका संवाददाता

धादिङ -१८ वैशाख।

अब उप्रान्त ट्राफिक प्रहरीले चालकको लाइसेन्स र ब्लुबुक खोस्न नपाउने भएको छ । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेको अवस्थामा मात्रै चालकको लाइसेन्स‚ब्लुबुक र सवारीको साँचो नियन्त्रणमा लिन पाउने फैसला गरेको हो।

बिहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले यसअघिको ट्राफिक प्रहरीको यस्तो कार्य, अधिकार क्षेत्रको दुरुपयोगु भएकोले अबदेखि कागजात नियन्त्रणमा नलिन सरकारलाई यस्तो आदेश दिएको छ।

नेपाल कानून क्याम्पसमा अध्ययनरत कानुनका विद्यार्थी विवेक चौधरीले सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो फैसला गरेपछी यतिबेला ट्राफिक प्रहरी समेन्त्रभित्र हलचल आएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ मा उल्लेख गरिए अनुसार– ट्राफिक प्रहरीलाई नियम उल्लंघन गर्ने चालकलाई तत्काल जरिवाना गर्ने वा जरिवाना तिर्न नसके २४ घण्टाभित्र उपस्थित हुने गरी पुर्जी दिने अधिकार मात्र दिएको छ। साथै ऐन अनुसार चालकको लाइसेन्स, ब्लुबुक वा साँचो कब्जामा लिने अधिकार प्रहरीलाई दिएको छैन।

यसअघि ट्राफिक प्रहरीले कानुनले नदिएको अधिकार प्रयोग गरी सार्वजनिक यातायातका चालक तथा निजी सवारी साधनलगायतका जो सुकैका पनि निजी कागजात नियन्त्रणमा लिनुले विधिको शासन र नागरिकको स्वतन्त्रताको हकविपरीत कार्य भइरहेकोले सर्वोच्च अदालतको यस्तो ठहर हो।

फैसलामा सरकारले सञ्चालनमा ल्याएको नागरिक एपको समेत उल्लेख गर्दै डिजिटल युगमा भौतिक कागजात नियन्त्रणमा लिनु झनै अनुपयुक्त भएको अदालतको ठहर छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस