आज: २०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

रोल्पामा भएको त्यो कहाली लाग्दो सवारी दुर्घटनामा २० जनाको मृत्यु

२०८३ बैशाख १८, शुक्रबार मा प्रकाशित ( २ घण्टा अघि) १०२४ पटक पढिएको
नारी बाटिका


जसमा एकैदिन २० जनाले ज्यान गुमाए

बिबियु -नारी वाटिका संवाददाता

धादिङ -१८ वैशाख ।

रोल्पामा भएको कहाली लाग्दो दुर्घटनामा परी एकै दिन २० जनाले ज्यान गुमाएका छन् । रोल्पाको जलजलामा बिहिबार जिप दुर्घटना हुंदा २०जनाको एकै पटक मृत्यु भएको छ । लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

आज परेको चण्डी पूर्णिमाका दिन जलजलामा पूजापाठ गर्नका लागी रुकुमबाट तीर्थयात्रीहरू बोकेर आउँदै गरेको जीप रोल्पाको थबाङ गाउँपालिका–१ जलजलामा भिरबाट खस्दा २० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख विरेन्द्र विश्वकर्माले नारी वाटिका अनलाईन खबर पत्रिकालाई जानकारी दिनु भयो ।

प्रहरी प्रमुख विश्वकर्माका अनुसार रुकुम पूर्वबाट भिरको बाटो हुंदै जाँदै गरेको जीप थबाङ गाउँपालिका(१ र ४ नम्बर को सिमानामा पर्ने डाँडामा दुर्घटनामा परेको हो । उक्त जीपमा तीर्थयात्रीहरू आज (सुक्रबार ) वैशाख सुक्ल पुर्णिमाको दिन जलजलामा पूजापाठ गर्न रुकुमबाट आएका थिए ।

अहिले दुर्घटनास्थलबाट मृतकको शब निकालेर सनाखत भइसकेको र पोष्टमेटमका लागी अस्पताल तर्फ पठाउने तयारी गरिएको प्रहरी प्रमुख विश्वकर्माले बताउनु भयो ।

उक्त जीपमा २१ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ । २१ जनामध्य २० जनाले ज्यान गुमाएका छन् भनै एकजना गाडीका सहचालकको उपचार भइरहेको बताइएको छ ।

पानी परेकाले पनि बाटो चिप्लो भएको र त्यसमाथी पनि भिरको बाटो हुंदै वर्षाको चिप्लो र जोखिम यात्राका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ । हामी अझै घटनाको विस्तृत विवरण लिने प्रयासमा छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस