आज: २०८३ बैशाख २९, मंगलबार | Tue, 12, May, 2026

निजामती कर्मचारी ट्रेड युनियनमाथीको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

२०८३ बैशाख २९, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) ८३८ पटक पढिएको
नारी बाटिका


बबियु- नारी बाटिका संवाददाता
धादिङ -२९ वैशाख ।

सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको संस्था ट्रेड युनियनमाथी लगाइएको प्रतिबन्ध तत्काललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

शोमबार सर्वोच्चको संवैधानिक इजलासले केही दिनअघि सरकारले ल्याएको नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ को दफा १० मा रहेको कर्मचारी ट्रेड युनियन सम्बन्धी व्यवस्थालाई रोक लगाउँदै यस्तो आदेश गरेको हो।

पाँच सदस्यीय संवैधानिक इजलासका तीन न्यायाधीशहरुको बहुमतबाट अल्पकालीन अन्तरिम आदेश जारी गर्ने पक्षमा राय दिएपछि सरकारको यस निर्णय हाललाई निष्क्रिय बनाएको छ।

नेपालको संविधानमा उल्लेख भएको कानुनी व्यवस्था अनुसार स्वतन्त्रताको हक अन्तर्गत संघ(संस्था खोल्ने, ट्रेड युनियनमा सहभागी हुने र सामूहिक सौदाबाजी गर्न पाउने अधिकारको संवैधानिक प्रत्याभूतिलाई मुख्य आधार मानी सर्वोच्च अदालतले यस्तो आदेश दिएको राजनितिज्ञहरुले विश्लेषण गरेका छन्।

यससंगै संवैधानिक इजलासका बहुमत न्यायाधीशहरूले नागरिकको मौलिक हक र ट्रेड युनियन अधिकारसँग सम्वन्धित कानुनले परिपालना गरेका विषय भएकोले यसलाई तत्काल रोक्नुपर्ने ठहर गरेका हुन्।

सर्वोच्चले यस विषयमा दुवै पक्षलाई छलफल गराएको थियो । यद्यपि उक्त इजलासमा रहेका न्यायाधीशद्वय विनोद शर्मा र शारंगा सुवेदीको फरक मत रहे पनि बहुमत न्यायाधीशको रायका आधारमा अन्तरिम आदेश जारी भएको हो। अदालतले सरकारका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस