
२ जेठ ।
गए २४ घण्टामा उत्तर भारतको विभिन्न क्षेत्रमा परेको भारी वर्षा, हावाहुरी र चट्याङले ८० जनाभन्दा बढीको मृत्यु भएको छ ।
यस्तै विपत्को घटनामा परी १०० भन्दा बढी व्यक्त्तिहरु घाइते भएका छन् । प्राकृतिक विपत्को घटनाले सबैभन्दा बढी प्रभाव उत्तर प्रदेश मा पारेको छ भने यस क्षेत्रमा असिना र तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित भएको र घर, पशुचौपाया र भौतिक संरचनामा ठूलो क्षति पुगेको जनाएको छ ।
साथै प्राकृतिक विपत्ले प्रयागराज जिल्लामा करिब २० जनाको मृत्यु भएको भारतीय संन्चारमाध्यमले जनाएका छन् । प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत कार्य सञ्चालन गर्न मुख्यमन्त्री योगी आदित्यनाथले निर्देशन दिएका छन् ।












प्रतिक्रिया दिनुहोस