आज: २०८३ जेष्ठ ४, सोमबार | Mon, 18, May, 2026

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न थालियो

२०८३ जेष्ठ ४, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


बिबियु नारी बाटिका संवाददाता
धादिङ ४ जेठ ।

सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न शुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको जिम्मेवारी अनुसार आज ३ वटा सहकारीका ३७८ साना बचतकर्ताहरुलाई बचत रकम फिर्ता गरिएको जनाएको छ ।

समितिले जनाए अनुसार बचत रकम फिर्ता गरिएका मध्य कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका ७ जना गरी ३७८ जना बचतकर्ताले फिर्ता पाएका बताइएको छ।

आज पहिलो दिनमा सबैभन्दा थोरै बचत भएकाहरूलाई रकम फिर्ता गरिएको र अब क्रमश उनीहरुको बचतका आधारमा वर्गीकरण गरी फिर्ता गरिनेछ भने समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नु पर्ने अवस्था छ ।

समितिले पाँच लाखभन्दा कम बचत भएकालाई साना बचतकर्ताको रुपमा राखेको छ । सोही अनुसार वर्गीकरण गरिएको हो। कुल ७६ हजार बचतकर्तामध्ये पाँच लाखभन्दा बढी बचत हुने १८ हजारको सख्यामा छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम समेत तीव्र रूपमा भइरहेको बताएकी छन् । समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम व्यवस्थापन गर्न गठित समितिले हाल समस्याग्रस्त सहकारीका ऋणीहरूले २ करोड भन्दा बढी ऋण फिर्ता गरेका छन् भने सबै ऋण असुलीको कार्यलाई कडाईका साथ लागिएको समितिले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस