आज: २०८३ जेष्ठ १८, सोमबार | Mon, 01, Jun, 2026

जि.प्र.का धादिङद्वारा अवैध काठसहित २ जना नियन्त्रणमा

२०८३ जेष्ठ १८, सोमबार मा प्रकाशित ( १६ मिनेट अघि) ८६९ पटक पढिएको
नारी बाटिका


बिबियु
धादिङ -१८ जेठ ।

जिल्ला प्रहरी कार्यालय धादिङद्वारा अवैध मानिएको सिसौको काठसहित २ जनालाई नियन्त्रणमा लिएको छ । यही जेठ १५ गतेका दिन अं ५ बजेको समयमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.७ खहरे बजारस्थितबाट धादिङवेशीतर्फ आउँदै गरेको मिनि ट्रकको पछाडि ढालामा अवैध सिसौ जातको गोलिया लोड गरी ल्याउदै गरेको अवस्थामा काठसहित २ जना व्यक्तिलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले धादिङको नीलकण्ठ नगरपालिका ३ पुछारबजार स्थित सडकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा अवैध काठसहित सो कार्यमा संलग्न दूईजना व्यक्तिहरुहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी प्रकाश दाहालले जाकारी दिनु भयो ।

पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका वडा नं.९ वस्ने वर्ष ४२ को नवराज श्रेष्ठले सल्यानटारबाट धादिङवेशीतर्फ चलाई आएको बा ५ ख ६१९३ नम्बरको मिनि ट्रकको पछाडि ढालामा अवैध सिसौ जातको गोलिया काठ बरामद गरी उक्त काठ नापतौल गर्दा १०४.३७ क्यू.फिट रहेको पाइएकोले उनीहरुलाई रितपूर्वक बरामद आवश्यक कारवाहीको लागी अघि बढाइएको प्रहरीले जनाएको छ ।

साथै पक्राउ परेकाहरु र नीलकण्ठ नगरपालिका ९ का नवराज श्रेष्ठ र ऐ.ऐ.६ स्थायी घर भई हाल वडा नं. ३ वस्ने वर्ष(६५ को गणेश कुमार रहेका छन् । काठ ओसार पसारमा संलग्न देखिएका उनीहरु २ जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जेठ १७ गते डिभिजन वन कार्यालय धादिङमा पठाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस