आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

३३ एसएसपीको सरुवा गर्दै सातै प्रदेश तालिम केन्द्रमा नयाँ प्रमुख खटायो (सुचि)सहित

२०८३ जेष्ठ १९, मंगलबार मा प्रकाशित ( ५२ मिनेट अघि) ६८३ पटक पढिएको
नारी बाटिका


बिबियु
धादिङ -१९ जेठ ।

गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई सरुवा गरेको छ । सोमबार गृहमन्त्रालयद्वारा प्रकाशित सरुवा सुचि अनुसार काठमाडौं उपत्यकाका प्रहरी इकाइहरूमा समेत नयाँ पठाएर देशका प्रमुख स्थानमा सुरक्षा नेतृत्वलाई हेरफेर गरेको हो ।

उक्त सरुवा विवरण अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा दिलीप घिमिरे र जिल्ला प्रहरी परिसर ललितपुरमा तुलबहादुर कार्कीलाई खटाएको छ । त्यस्तै उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा शान्तिराज कोइरालार्ई खटाएको छ ।

सरकारले गृह्रमन्त्रालय मार्फत प्रदेशका तालिम केन्द्रहरूमा पनि व्यापक रुपमा फेर बदल गरिएको छ । जस अनुसार कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा शिवकुमार श्रेष्ठ, मधेश प्रदेश प्रहरी तालिम केन्द्र धनुषामा प्रज्वल महर्जन, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा वीरबहादुर बुढामगरलाई पठाएको हो ।

यसैगरी गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा सञ्जयसिंह थापा, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र रुपन्देहीमा दयानिधि ज्ञवाली र सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र डोटीमा प्रवीण धिताललाई खटाएको छ ।

गृहले सुचनामार्फत भनेको छ यो सरुवा संगठनात्मक कार्यक्षमता सुधार, प्रशासनिक सन्तुलन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन गरिएको नियमित प्रक्रिया हो  । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस