
नारी बाटिका
तस्वीर स्रोत : गुगल एआई
पश्चिम नवलपरासी -१९ जेठ ।
पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रणका लागि निर्माणाधीन तटबन्धको काममा भारतीय पक्षले अवरोध गरेको छ। नदीको कटान नियन्त्रणका लागि हाल भैइरहेको निर्माणको कार्यलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले आपत्ति जनाएपछी सीमा विवाद बड्ने अवस्था देखिएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार नेपाल र भारतीय संयुक्त सीमा गस्तीका क्रममा भारतीय पक्षले उक्त विषय उठाएको थियो। सोही विषयलाई लिएर सम्बन्धित निकायमार्फत गृह मन्त्रालयलाई जानकारी गराइएको छ।
नेपालको भुमि क्षेत्र सुस्ता गाउँपालिका– ५ मा हाल करिब १ किलोमिटर तटबन्ध निर्माणको काम भइरहेको छ । जसको अधिकांश काम सम्पन्न भइसकेको बताइएको छ । तर, सोही सिमासंग जोडिएको १३२ मिटर अर्को क्षेत्रमा भने माथिल्लो तहको सहमति नभइ उक्त निर्माण अघि नबढाउन भारतीय पक्षले निर्देशन दिएको हो ।
नेपालको उक्त भुभिमा पर्ने नारायणी नदीको बाढीले कटान गर्दा नजिकका बस्ती तथा खेतीयोग्य जमिन जोखिममा परेकोले स्थानीयको माग अनुसार तटबन्धको कार्य अघि बढाइएको हो । साथै उक्त निर्माणस्थल नेपाली भूमि भित्रै रहेकोले निर्माणधीन काममा भारतीय पक्षको अवरोध आएपछी नेपालीहरुले असन्तुष्टि जनाएका हुन् ।
साथै उक्त क्षेत्रको तटबन्ध निर्माणका लागि ठेकेदारसंग छुट्टाछुट्टै ठेक्का सम्झौता भइसकेको र बजेटसमेत विनियोजन भइसकेकोले यसरी कामकोबिचमा भारतीयपक्षको अवरोध आउँदा यस सवालमा समाधानको लागी नेपाल सरकारले समस्या समाधान गर्नु पर्ने अवस्था आएएको हो ।
विगतदेखी नै यसरी नेपाली भुमिमा काम गर्न नपाउने गरी भारतीय पक्षको हस्तक्षेपले स्थानीयवासीहरु चिन्तामा छन् । साथै स्थानीयले अविलम्ब निमार्ण कार्य सुचारु गर्न छिटो भन्दा छिटो सरकारबाट पहल हुनुपर्ने माग छन् ।








प्रतिक्रिया दिनुहोस