
नारी बाटिका
एजेन्सी ।
इरानले गए राति कुवेत र बहराइनमा मिसाइल तथा ड्रोनहरूबाट आक्रमण गर्दा १ जनाको मृत्यु भएको छ भने घटनामा करिब ६० जना घाईते भएको अनुमान गरिएको छ
प्रारम्भिक जानकारी अनुसार उक्त आक्रमणबाट कुवेतमा कम्तीमा एक जनाको मृत्यु भएको हो । सोही आक्रमणका कारण ६० जना बढी व्यक्तिहरु घाइते भएका स्थानयि सन्चारमाध्यमले जनाएका छन् । यस घटनाले मध्यपूर्वमा पुनः तनाव चुलिएको अनुमान गर्न सकिन्छ ।
यस आक्रमणले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–१ लगायतका नागरिक संरचनामा क्षति पुर्याएको छ। इरानले कुवेतस्थित अमेरिकी फौजलाई लक्षित गरी थप ड्रोन आक्रमण गर्ने प्रयास गरेको अमेरिकी केन्द्रीय कमाण्ड (CENTCOM) ले बताएका छन् ।
तर आक्रमणकारीले हवाई प्रतिरक्षा प्रणाली मार्फत ड्रोन खसालेको कारण यस घटनाले अमेरिकी सैनिक वा सैन्य सम्पत्तिमा कुनै क्षति नपुगेको बताइएको छ।
केही आक्रमणकारीले बहराइनतर्फ प्रहार गरिएका मिसाइलहरू तथा खसालेका ड्रोनलाई पनि अमेरिकी तथा बहराइनी प्रतिरक्षा प्रणालीले अवरोध गर्न सफल भए।
यी यसरी पटक पटक आक्रमण गर्नुको कारण हालै अमेरिकाले इरानलाई लक्ष्यमा गरेको सैन्य कारबाहीको प्रतिशोधको रूपमा गरिएको हुन सक्ने दाबी गरिएको छ।
त्यसको जवाफमा अमेरिकी सेनाले इरानको क्यूश्म (Qeshm) zटापुस्थित सैन्य संरचनामाथि ‘आत्मरक्षात्मक’ कारबाही गरेको थियो। वासिङ्टनले भने इरानले आफ्नो आणविक कार्यक्रममाथि कडा प्रतिबन्ध स्वीकार गरेपछि मात्रै प्रतिबन्धहरू खुकुलो पारिने अडान राख्दै आएको छ।
पछिल्लो यस घटनाले मध्यपुमा तनाव बडन सक्ने अनुमान गरिएको छ भने खाडी क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको र अन्तर्राष्ट्रिय समुदायले थप सैन्य टकराव रोक्न संयमता अपनाउन सबै पक्षलाई आग्रह गरेका छन्।








प्रतिक्रिया दिनुहोस