आज: २०८३ जेष्ठ २२, शुक्रबार | Fri, 05, Jun, 2026

सहकारीको ऋण लिएर वेपत्ता -कालो सुचि_मा परेकाहरुको नाम सार्वजनिक

२०८३ जेष्ठ २२, शुक्रबार मा प्रकाशित ( ३ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


पशुपति सेभिङ एण्ड क्रेडिट सहकारीका १४०ऋणीको नाम सार्वजनिक (सूचीसहित)
नारी वाटिका संवाददाता

धादिङ- २२ जेठ ।
यदी तपाईँले पनि सहकारीको ऋण लिएर समयमा ानतिरी वेपत्ता भई कालोसुचिमा पर्नु भएको व्यक्ति हो भने अब सरकारलेै ऋण नतिर्नेको नाम सार्वजनिक गरिदिनेछ ।

सोही अनुसार सरकारले पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका १४० जनाले उक्त सहकारी संस्थाबाट ऋणी लिएर नतिरेपछी ऋणीको नाम सार्वजनिक (सूचीसहित) प्रकाशन भएको हो ।

समस्याग्रस्त घोषणा गरिएको पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका १४० जना ऋणीहरूको विवरण बुधबार सरकारले सार्वजनिक गर्दै समितिले तोकिएको अवधिमा ऋण नतिरेपछी प्रचलित कानुन बमोजिम असुली प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको हो।

सुचनामा विगतमा ऋण चुक्ता गरिसकेका भए पनि नामावलीमा आफ्नो नाम परेको देखिएमा सम्बन्धित व्यक्तिलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन पनि अनुरोध गरिएको छ।

समस्याग्रस्त व्यवस्थापन गर्न बनेको सरकारी समितिले सहकारीको बक्यौता रकम असुल र बचतकर्ताको रकम फिर्ता गराई समस्यामा परेका बचतकर्ताहरुको संरक्षण गर्ने उद्देश्यले ऋणी लिएर समयमा नतिर्ने सदस्यहरूको विवरण सार्वजनिक गरिएको हो।

पुरा विवरणको लागी तलको लिंकमा जानु होस्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस