
नारी बाटिका
मुस्ताङ -२२ जेठ ।
सशस्त्र प्रहरीले केही दिनअघि कोरलानाकाबाट नियन्त्रणमा लिएको विद्युतीय सवारी साधनको छानबिन गर्न गठित समिति सुक्रबार मुस्ताङ पुगेको छ।
सशस्त्रले विद्युतीय गाडीलाई नियन्त्रणमा लिएपछि अर्थमन्त्रालयले भन्सार विभाग,नीति तथा सञ्चालन महाशाखाको मूल्यांकन शाखा प्रमुख तथा निर्देशक भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
एकै पटक ठुलो संख्यामा कोरलानाकाबाट विद्युतीय गाडीहरु संखास्पद रुपमा भित्रिएपछी सोही क्षेत्रमा सुरक्षामा रहेका सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको थियो । देशमा बजेट भाषण हुनु अगावै एकै पटक यति ठुलो संख्यामा विद्युतीय गाडीहरु ल्याईनुमा केही रहस्य लुकेको पक्कै हुन सक्ने भएकोले छानबिनका लागि समिति गठन गरिएको हो ।
कोरलानाकाबाट पैठारी गरिएका विद्युतीय सवारीको अनुसन्धानका लागि शाक्य नेतृत्वको छानबिन समितिका टोलीहरु आज मुस्ताङ पुगेको छ। उनीहरु बेनी(जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुगेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।
छानबिन समिमिले चीनबाट पैठारी गरी नेपाल भित्र्याइएका उक्त विद्युतीय गाडीको आयातमा कैफियत रहे वा नरहेको भन्ने विषयमा टोलीले अनुसन्धान गर्नेछ।
यस्तै समितिले पोखरा हेम्जामा ९८ र पर्वतको कुश्मा १७ वटा विद्युतीय सवारीको अनुगमन गरेको छ। कोरलानाकाबाट भन्सार जाँचपास भई लोमान्थाङ हुँदै जोमसोम ल्याईएका २६६ वटा विद्युतीय सवारी साधनको समेत आजै टोलीले स्थलगत अनुगमन गरेका हुन् ।
कोरलानाकाबाट पैठारी गरिएका उक्त विद्युतीय सवारीहरु मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित बसपार्क क्षेत्रमा पार्किङ गरी राखिएको थियो भने समितिले उक्त गाडीहरुको अनुगमन गरिएको छ। यस्तै टोलीले कोरलानाकामा राखिएका ३९४ वटा विद्युतीय सवारीको अनुगमनका लागि अहिले बिहान त्यसतर्फ प्रस्थान गर्ने छ।








प्रतिक्रिया दिनुहोस