
नारी बाटिका
एजेन्सी
इरानद्वारा बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको छ। यस घटनाले खाडी क्षेत्रको युद्धले फेरी तनाव बड्न सक्ने संकेत देखिएको हो ।
यही शनिबार इरानले होर्मुज जलसन्धि नजिक रहेका अमेरिकी लक्षित क्षेत्रमा सात वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ । तीमध्ये छ वटा क्षेप्यास्त्र आकाशमै रोक्न सफल भएको थियो भने एक लक्ष्यमा नपुगी खसेको जनाएको छ।
इरानले प्रहार गरेको उक्त क्षेप्यास्त्रले बहराइनमा रहेका अमेरिकी पाँचौँ फ्लीटको मुख्यालयलाई लक्षित गरी आक्रमण भएको जनाएको छ । घटनापछी बहराइन सरकारले यसलाई ‘खुला आक्रमण’ भनेको छ भने कुवेतले पनि यसलाई ‘खतरनाक तनाव वृद्धि’ भन्दै कडा निन्दा गरेको थियो।
यी देशहरुबिचमा युद्धविराम हुन सक्ने भन्दै केही दिनयतिा त्यस क्षेत्रका नागरिकले सान्तीको स्वास फेर्न पाईने आशा गरिएता पनि यस घटनाले खाडी क्षेत्रमा झन् तनाव बढाएको हो । जसको कारण यस क्षेत्रमा अझै जोखिममा बढाएको हो ।
कुवेतमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै लगातार विस्फोट भएको स्थानीय संन्चार माध्यमले बताएका छन्। अचानक ठूलो विस्फोट हुंदा त्यस क्षेत्रका बासिन्दाहरूले ठुलै त्रासको अवस्था सिर्जना भएको बताएका हुन्।
यस्ता घटनाहरु पटक पटक भैरहँदा मध्यपूर्वमा थप युद्ध चर्काउने संकेत दिएको छ ।








प्रतिक्रिया दिनुहोस