आज: २०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

सुस्ता क्षेत्रमा तनाव,भारतीय एसएसबी गस्तीपछि स्थानीयद्वारा प्रतिकार

२०८३ जेष्ठ २९, शुक्रबार मा प्रकाशित ( ३ घण्टा अघि) १२१० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ- २९ जेठ ।

पूर्वी नवलपरासीको सुस्ता क्षेत्रमा फेरी भारतीय प्रहरीद्वारा ज्यादति गर्न थालेका छन् ।

केही दिनअघि नेपालका प्रधानमन्त्री बालेन शाहले “भारतले मात्रै हैन,नेपालले पनि भारतीय भुमी मिचेको छ” । भन्ने अभिव्यक्ति दिएपछी त्यसकै बलमा आज फेरी नेपाली भूमितर्फ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गस्ती बढाएको हो । त्यसपछी उक्त क्षेत्रमा बस्ने स्थानीय बासिन्दाले भारतीय प्रहरीसंग प्रतिकार गरेका ।

स्थानीय बासिन्दाहरुका अनुसार आज बिहानैदेखि त्यस क्षेत्रमा तनाव बढेको हो । साथै आज विहानैदेखी सुस्ता क्षेत्रमा दुवै पक्षबीच विवाद भएपछी आवागमन प्रभावित भएको बताइएको छ। सुरक्षा अवस्था संवेदनशील बनेपछि स्थानीय प्रशासन,शसस्त्र प्रहरी बल र सुरक्षा निकायको उपस्थिति बढाइएको थियो।

यस विषयमा विस्तृत जानकारी लिन हामिले जिल्ला प्रशासन कार्यालय नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पोषन राज भण्डारीलाई सम्पर्क गरेका थियौं ।

सोही क्रममा सूचना अधिकारी पोषन राज भण्डारीले ६ जनाको संख्यामा आएका भारतीय प्रहरीले सो क्षेत्रमा पानी परेर बाटो हिड्न अप्ठ्यारो परेका कारण यता नेपाली भुमी हुंदै उनीहरु गस्ती गर्न आएका हुन् भनी बताउनु भयो ।

सूचना अधिकारी भण्डारीले स्थानीय प्रशासनले घटनाबारे प्रारम्भिक जानकारी लिई हाल सान्तिपुर्ण अवस्था रहेको जानकारी दिनु भयो । तर स्थानीयवासीले भने प्रशासन यस विषयमा बेखबर जस्तो बनेको गुनासो गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस