आज: २०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेको मनपरी पारामा करोडौंको बजेट अनुदान

२०८३ जेष्ठ ३१, आईतबार मा प्रकाशित ( ४ घण्टा अघि) ६२१ पटक पढिएको
नारी बाटिका


धादिङ ३१ जेठ ।

जेनजको जगमा वहुमत ल्याएर बनेको मुलुकको वर्तमान सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले आफुले अध्ययन गरेको स्कुलमा मनलाग्दी पाराले रकम दिएको खुलेको छ ।

सरकारले सार्वजनिक गरेको आगमी आर्थिक वर्षको लागी निती तथा कार्यक्रममा समेटिने गरी निजी लगानीमा संन्चालित काठमाडौंको वनस्थलीस्थित बूढानीलकण्ठ स्कुललाई १५ करोड रुपियाँ अनुदान दिएको खुलासा भएको हो ।

सरकारको अर्थमन्त्री भएपछी बजेट पारित हुनुअघि राज्यको महत्वपुर्ण सुचना चुहायर व्यपारीसंगको मिलेमतोमा चिनबाट सयाँैंको संख्यामा गाडी नेपाल भित्र्याइएको कुरामा चौतर्फी रुपमा आलोचित भैरहेको बेला मन्त्री वाग्लेले आफैँले पढेको विद्यालयलाई आफ्नै मनोमानीमा १५ करोड रुपियाँ अनुदान दिनु भएको खुलेको हो । सरकारले दिईँदै आएको नियमित अनुदान बाहेक नै थप १५ करोड ५० लाख रुपियाँ दिएका हुन् ।

शिक्षा तथा खेलकुद मन्त्रालयको बजेटमा बूढानीलण्ठ स्कुललाई छात्रवृत्ति अनुदान बापत ६ करोड र अर्थमन्त्री वाग्लेको मनोमानीमा थप १५ करोड ५० लाख रुपियाँ उपलब्ध गराउने सुचि सार्वजनिक भएको हो ।

विगतका सरकारले भ्रष्टचार गरे भनेर नेपाली जनताले वैकल्पिक शक्त्तिका रुपमा नयाँ सरकार निर्माण गरी राज्यलाई सुशासनमा ल्याउन रास्वपालाई वहुमत दिएर पठाएका नेपाली नागरिकले देखेको सपना आफ्नो हात अर्थमन्त्री वाग्लेले आफू पढेकै विद्यालयलाई औचित्यबिना यति ठुलो रकम अनुदान दिएको विषय सर्वत्र आलोचित भएको छ ।

बजेटमा गण्डकी आवासीय माध्यमिक विद्यालयलाई छात्रवृत्ति अनुदानबापत २ करोड, स्वर्गद्वारी आश्रमलाई ५ लाख, काशी हिन्दु विश्व विद्यालयमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने नेपाली चेयरको सुविधाबापत ६० लाख रुपियाँ अनुदान दिईएको पाईएको छ ।

त्यसैगरी मन्त्री वाग्ले कै एकल मनोमानीमा नियमित बापत आफू अनुकूल मनपरी बजेट व्यवस्था गर्नु भएको खुलेको हो । यरुतै अनुदान वितरणमा बुटबल र बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास आयोजना मन्त्रीका लागि ससर्त पुँजीगत अनुदान २५–२५ करोड, सुर्खेत मेडिकल कलेज पूर्वाधार विकास आयोजनाका लागि ३ करोड रुपियाँ छुट्याइएको छ । शिक्षा मन्त्रालयको बजेटमा राष्ट्रिय एन्टिडोपिङ कार्यालय स्थापनाका लागी ३४ लाख ५० हजार रुपियाँ छ ।

अर्थमन्त्रीले छुट्याएको बजेट सिलिङ साउन १ गतेबाट लागू हुने आर्थिक वर्ष २०८३÷०८४ बजेटमा इलेक्ट्रिक थर्मसदेखि हिटर, थर्मस, प्रिन्टर लगायत दर्जनौ बढी शीर्षकमा विनियोजन गरिएको छ । ‘यसरी अर्थमन्त्रीले वहुमतको सरकार भन्दैमा आफ्नो मनोमानीमा करोडौं बजेट अनुदान दिँदा गटट…अ पारेर सम्सदमा ताली पट्काउने सवै रास्वपाका सांसदहरुमाथी प्रश्न त अवश्य नै उठ्ने नै भयो ???

साथै सो अनुसार करोड अनुदान दिनु गम्भीर विषय हो । यो विषयमा सरकार आफैँले सोच्नुपर्छ’ – आमागी आर्थिक वर्षको बजेटमार्फत शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड विनियोजन गरिएको बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस