आज: २०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

गैर कानुनी रुपमा कुवेत लैजाँदै गरेका २७महिलाको विमानस्थलबाट उद्धार

२०८३ अषाढ ५, शुक्रबार मा प्रकाशित ( १ महिना अघि) २९४६ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवादाता
धादिङ -५ असार ।

गैर कानुनी रुपमा भिजिट भिसामा कुवेत लैजाँदै गरेका २७ जना महिलालाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गराएको छ।

महिलाहरूलाई वैदेशिक रोजगारीमा श्रम स्वीकृति तथा आधिकारिक कागज विना विदेश लैजान लागिएको गोप्य सूचना प्रहरीले पाएपछी त्रिभुवन विमानस्थलबाट प्रहरीले उनीहरूलाई रोकेर फिर्ता गरिदिएको हो।

ति महिलाहरुलाई विमानस्थलबाट नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। विमानस्थल प्रहरी कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार बिहिबार महिलाहरूमाथि सोधपुछ र अनुसन्धानको प्रक्रिया अघि बढाएको हो।

‘ महिलाहरू आफैँ गएका हुन् या उनीहरूलाई कसले, के(कस्तो प्रलोभनमा पारेर वा झुक्याएर विदेश लैजान लागेको हो भन्ने विषयमा विस्तृत अनुसन्धान गरिरहेका छौँ,’ एसएसपी खड्काले भने।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा महिलाहरूलाई ओमान जान भनी झुक्याएर ‘भिजिट भिसा’ मा कुवेत लैजान लागिएको खुलेको छ। प्रहरीले मानव बेचबिखनको आशंकमा संलग्न गिरोहको पहिचान गरी पक्राउ गर्न सक्रियता बढाएको छ।

यसैगरी नेपालबाट पटक पटक सयौंको संख्यामा भिजिट भिसाको दुरुपयोग गरी महिलाहरूलाई जोखिमपूर्ण देशमा पठाउने गिरोह बड्दै गएकाले विमानस्थलमा सुरक्षा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस