आज: २०८३ अषाढ ६, शनिबार | Sat, 20, Jun, 2026

रसुवा भन्सार कार्यालयका प्रमुखसहित १३ जना कर्मचारी निलम्बित

२०८३ अषाढ ६, शनिबार मा प्रकाशित ( ४ घण्टा अघि) ५९० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवादाता
धादिङ -६ असार ।

रसुवा भन्सार कार्यालयका तत्कालीन प्रमुखसहित १३ जना कर्मचारीहरु निलम्बनमा परेका छन् ।

भन्सार विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै तत्कालिन कार्यालय प्रमुखसहितका १३ जना कर्मचारीले विद्युतीय सवारी साधन (ईभी) आयात गर्दा कानूनी प्रक्रिया पालना नगरी ७ सयभन्दा बढी गाडीको जाँचपास गरेको पाइएपछी सोही कार्यालयमा कार्यरत तत्कालिन कर्मचारीहरुलाई निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाइएको होे

घटनामा संलग्न रहेको सवारी साधन आयातकर्ता कम्पनीहरू लक्ष्मी ई—मोबिलिटी प्रा.लि..सिमेक्स इंक प्रा. लि.सि.जी.मोटर्स प्रा. लि.पूजा इन्टरनेशनल नेपाल प्रा. लि. र पूजा कन्स्ट्रक्सन नेपाल प्रा. लि. लगायतका ६ भन्दा बढी व्यवसायी तथा एजेन्ट नम्बर २४८. ८३३ र ४७८ सहितका भन्सार जाँचपास प्रतिनिधिहरुलाई प्रचलित भन्सार कानुन अनुसार कारबाही चलाउन रसुवा भन्सार कार्यालयलाई निर्देशन दिइएको भन्सार विभागले जनाएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेको समेत नाम जोर्डिको आरोप लागेको विद्युतीय सवारी साधन (ईभी) गाडी आयातमा भन्सार जाँचपास प्रक्रियाबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि समिति बनाई छानबिनका क्रममा रसुवा भन्सार कार्यालयमा गम्भीर कमजोरी भेटिएको हो । उक्त सवारीहरुको आयातमा मुस्ताङ भन्सार कार्यालयले जाँचपास गर्दा नियम अनुसार भएको समितिको ठहर छ ।

अर्थ मन्त्रालयको निर्देशनपछि रसुवा र मुस्ताङ भन्सार कार्यालयबाट भएको विद्युतीय सवारीको आयात प्रकरणमा गम्भिर प्रश्न उठेपछी छानबिनका लागी गठन गरिएको समिति, तथा छुट्टाछुट्टै अनुगमन टोलीले अध्ययन गरी प्रतिवेदन तयार गरेको हो ।

विभागका निर्देशकको नेतृत्वमा रसुवा भन्सार कायाृलयमा जेठ १७ गते र निर्देशककै नेतृत्वमा अर्थ मन्त्रालय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि रहेको टोलीले जेठ २१ गते मुस्ताङका लागि खटाइएको थियो ।

अनुगमनका क्रममा मुस्ताङ भन्सार कार्यालयबाट जेठ १२ र १३ गते घोषणा गरिएका ६४९ वटा विद्युतीय सवारी साधन नौ वटा प्रज्ञापनपत्र मार्फत जाँचपास प्रक्रियामा प्रवेश गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी आधिकारिक अभिलेखमा रहेको सीसीटीभी फुटेजको विस्तृत अध्ययन र सबै सवारी साधन जेठ १४ गतेभित्र नेपाल प्रवेश गरिसकेको र सोही अवधिमा नियमानुसार जाँचपास भएको निष्कर्ष निकालिएको छ । तर रसुवा भन्सार कार्यालयले भने कर्मचारीहरूले आवश्यक सावधानी र पदीय जिम्मेवारी पूरा नगरेको प्रतिवेदनमा उल्लेख छ ।

साथै अनुगमन टोलीले स्थलगत अध्ययन गर्दा रसुवा भन्सार कार्यालयले विद्युतीय सवारी साधन भन्सार क्षेत्रमा भौतिक रूपमा आइपुग्नु अगावै कागजातका आधारमा जाँचपास गरिएको फेला पारेको जनाएको छ । उक्त घटनाको सम्वन्धमा थप अनुसन्धान र कानुनी प्रक्रिया जारी रहेको छ विभागले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस