आज: २०८३ अषाढ ७, आईतबार | Sun, 21, Jun, 2026

नेता गगन थापा रास्वपाको मञ्चमा पुग्दा चर्को हुटिङ

२०८३ अषाढ ७, आईतबार मा प्रकाशित ( ३ घण्टा अघि) ४६६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
चितवन -७ असार ।

नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपाको महाधिवेशनको उद्घाटन सत्रमा अतिथिको रुपमा चितवन पुग्नु भएको छ । सभापति थापाले रास्वपाको आजबाट सुरु भएको भएको पथम अधिवेशनलाई संवोधन गर्नका लागी रास्वपाको निमन्त्रणमा कार्यक्रम स्थल चितवन पुग्नु भएको हो ।

केही बेरअघि रास्वपाको महाधिवेशन स्थल (कार्यक्रम) हलमा शुभकामना सन्देश दिनका लागी पुग्नु भएका काँग्रेस सभपति थापाको आगमनमा रास्वपा कार्यकर्ताले हुटिङ गरेका थिए । चितवनमा उद्घाटन सत्रलाई सम्बोधन गर्न उहाँ कार्यक्रम हलभित्र प्रवेश गरेलगत्तै रास्वपाका कार्यकर्ताहरूले चर्को स्वोरमा हुटिङ गरेका हुन् ।

उहाँलाई रास्वपाका प्रवक्ता मनिष झा, हरि ढकाल, महामन्त्री कवीन्द्र बुर्लाकोटीसहितका नेताले स्वागत गरेका थिए । सामाजिक सञ्जालमा शुभकामना दिएर थापा सम्बोधन गर्न चितवनस्थित कार्यक्रम स्थलमै उपस्थित हुनु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस