आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

भेनेजुएला भूकम्पमा कम्तीमा मृतकको संख्या १०हजार नाघ्न सक्ने अनुमान

२०८३ अषाढ ११, बिहिबार मा प्रकाशित ( ३ महिना अघि) ४४६५ पटक पढिएको
नारी बाटिका


११ असार ।

भेनेजुएलामा लगातार गएको दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा पनि मृतकको संख्या १० हजार नाघ्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

बुधबार राति भेनेजुएलाको राजधानी काराकासमा केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । अमेरिकी भूगर्भले गरेको प्रारभ्भिक सर्वेक्षण अनुसार मृत्यु हुनेको संख्या १० हजार नाघ्न सक्ने सम्भावना रहेको जनाएको छ।

उक्त भूकम्पले ठूलो मात्रामा जनधनको क्षति पुर्याको छ। यस घटनापछी सरकारले देशमा आपतकालित संकटको स्थिति सिर्जना भएको घोषणा गरेको छ। भूकम्पमा परी हजारौं मानिसहरुको ज्यान गएको आशंका गर्दै आपतकाल घोषणा गरिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑