
नारी बाटिका
अभ्यासमा विस्फोट, सेनाका हुद्दाको मृत्यु
नारी वाटिका डट्कम
धादिङ १२ असार ।
नेपाली सेनाले देश र जनाताका सुरक्षाका निमित्त लिईने ग्रिनेड हतियार चलाउन चुनौतिपुर्ण रहने देखिएको छ ।
सुरक्षाका लागी पुर्व तयारी तथा तालिम लिएर अनुभव संकलन गर्न उक्त हतिायारसहितको अभ्यासका क्रममा ग्रिनेड विस्फोट भइ कैलालीको लम्कीचुहा नगरपािलका(३ गोराङेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत सेनाका हुद्दाको मृत्यु भएको छ भने अर्का सहसेनानी घाइते भएका छन्।
सुदूरपश्चिम पृतना तालिम शिक्षालयबाट मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रभित्र सञ्चालन भइरहेको फायरिङ अभ्यास विस्फोट भइ घटना घटेको हो।
मृत्यु हुनेमा नेपाली सेनाका हुद्दा हिमालविक्रम विष्ट रहेको कैलालीका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। घटना बिहिबार बिहन सवा ९ बजेतिर भएको थियो।
ग्रिनेड विस्फोट भइ बिष्टको हत्केलासहित शरीका अन्य अंगमा छर्रा लागेको र लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा दिउँसो १२ बजेतिर हुद्दा बिष्टको मृत्यु भएको हो।
बिष्ट संगै नजिकै रहेका अर्का सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन् । हाल उनको काठमाडौँमा उपचार भइरहेको छ भने जोशी खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस