आज: २०८३ अषाढ १६, मंगलबार | Tue, 30, Jun, 2026

नेपाल प्रहरीमा एकैपटक ठुलो मात्रामा लेखा प्रमुखको हेरफेर

२०८३ अषाढ १६, मंगलबार मा प्रकाशित ( २३ मिनेट अघि) ५२८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
धादिङ १६ असार ।

नेपाल प्रहरीका एकैपटकमा ३६८ लेखा प्रमुख कर्मचारीमा हेरफेर गरिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरीभित्र पनि प्रशासनिक सुधार र कार्यव्यवहारलाई पारदर्शी बनाउने भन्दै एकपटकमा ठुलो संख्यामा लेखा प्रमखको सरुवा गरेको हो ।

मंगलबार प्रहरी प्रधान कार्यलयले देशभरका विभिन्न जिल्लामा कार्यरत विशेषगरी आर्थिक पाटोमा मुख्य भुमिका रहेका ३ सय ६८ मुख्य लेखा कर्मचारीहरूलाई एकैसाथ नयाँ नयाँ ठाउँमा पठायर लेखा कर्मचारीहरुलाई फेर बदली गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालयको आन्तरिक लेखापरीक्षण शाखाको विशेष सिफारिसका आधारमा यति ठुलो परिणाममाकमर्मचारीको हेरफेर गरिएको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी)अबिनारायण काफ्लेका अनुसार निश्चित अवधि पूरा गरिसकेका पुराना लेखा प्रमुखहरूलाई अन्य विभाग वा कार्यालयहरुमा खटाइएको र आवश्यक मापदण्ड पूरा गरेका योग्य अधिकृतहरूलाई नयाँ लेखा प्रमुखको रूपमा फेर बदल गरिएको बताउनु भयो ।

यसरी जिम्मेवारी हेरफेर हुनेहरूमा इन्स्पेक्टर (प्रहरी निरीक्षक)देखि असई (प्रहरी सहायक निरीक्षक) सम्मका अधिकारीहरू रहेका छन्।

प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) काफ्लेका अनुसार प्रहरी संगठनभित्र आर्थिक पारदर्शिता कायम गरी आर्थिक अनुशासनलाई सुधार गर्न एउटै स्थानमा लामो समय बस्दा आउन सक्ने प्रशासनिक शिथिलतालाई तोड्न यस्तो आवधिक सरुवा गर्ने नियमित अभ्यास भएको बताउनु भयो ।

विशेष गरी आर्थिक कारोबार र लेखा प्रणाली हेर्ने अधिकारीहरूको त्यस कार्यालमा मुख्य भुमिका रहने हुनाले यी कुराहरुलाई ध्यानमा राखी एकैपटक ठुलो संख्यामा लेखा कर्मचारी सरुवा गर्नुले प्रहरी संगठनभित्र आर्थिक सुशासन र आर्थिक प्रणालीलाई थप पारदर्शी बनाउन लागिएको मुख्य प्रयासको रूपमा हेरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस