आज: २०८३ अषाढ १६, मंगलबार | Tue, 30, Jun, 2026

साउदी अरेबिया सरकारले ३३ नेपाली कैदीलाई आममाफी

२०८३ अषाढ १६, मंगलबार मा प्रकाशित ( ३ मिनेट अघि) ४६६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
धादिङ -१६ असार ।

साउदी अरेबिया कारागारमा जेल जिवन बिताइरहेका ३३ जना नेपाली नागरिकलाई साउदी सरकारले आममाफी दिएको छ।

साउदी अरेबिया सरकारले विभिन्न कसुरमा आफ्ने देशको जेलमा रहेका ३३ जना नेपाली कैदी बन्दीलाई रमजानको अवसर पारेर साउदी सरकारले उनीहरूको बाँकी सजाय माफी दिएको हो। यस सम्वन्धमा नेपालको परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै साउदी अरेबिया सरकारको यस निर्णयको स्वागत गर्दै साउदी सरकारप्रति हार्दिक आभार व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार आममाफी पाएका नेपाली नागरिकहरूको रिहाइ गरी स्वदेश फिर्ता ल्याउन आवश्यक प्रक्रियाका लागी सम्वन्धित निकायसँग समन्वय गरी अघि बढाइने जनाएको छ।

सरकारले साउदी सरकारले मानवीय संवेदनालाई प्राथमिकता दिएर नेपाली नागरिकलाई आममाफी दिने निर्णयले नेपाल–साउदी अरेबियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

यसअघि देखी नै साउदी सरकारले हरेक वर्ष रमजान, ईद तथा अन्य विशेष अवसरमा जेलमा रहेका विभिन्न मुलुकका कैदी बन्दीलाई आममाफी दिईँदै आएको छ । नेपाल सरकारले साउदीस्थित नेपाली दूतावासमार्फत उनीहरूको आवश्यक कन्सुलर सहयोग तथा स्वदेश फर्कने प्रक्रिया सहज बनाउन आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस