
बिबियु,नारी वाटिका डट्कम
धादिङ -२४ असार ।
निकै लामो समयदेखीको भुटानी शरणार्थी प्रकरणको वहसलाई बालेन नेतृत्वको सरहकारले अन्तिम रुप दिएको छ ।
यस प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्व उपप्रधान तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई दोषी ठहर गर्दै फैसला गरेको छ ।
मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले उक्त मुद्दाको फैसला सुनाउँदै खाँणलाई ठगी तथा संगठित अपराधमा मतियार रहेको ठहर गरेको हो । यस्तै पुर्वमन्त्री रायमाझीलाई पनि ठगी तथा संगठित अपराध गरेको कसुरमा दोषी ठहर गरी अदालतको फैसला आएको छ ।
उक्त प्रकरणमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक अमेरिका पठाउन करोडौं रुपैयाँ ठगी गरेको ठहर भएको हो । यस प्रकरणमा उनीहरुले सजायँ भोग्नु पर्ने भएको छ ।
अदालतबाट दोषी ठहर भएपछि अब अदालतले उनीहरूलाई कति वर्ष जेल सजायँ (कैद र जरिवाना) हुने भन्ने प्रक्रिया अगाडि बड्नेछ । अदालतले सजाय निर्धारण गरेपछि उनीहरूले जेल जानु पर्ने तथा कानुन अनुसार सजायँ भोग्नुपर्ने कैद अवधि र जरिवानाको रकम तोक्नेछ ।
यस प्रकरणमा अन्य प्रतिवादीहरूको हकमा पनि अदालतले क्रमशः फैसला सुनाइरहेको छ । विस्तृत फैसला सार्वजनिक भएपछि थप कानुनी आधार र सजायसम्बन्धी विवरण आउने अपेक्षा गरिएको छ ।












प्रतिक्रिया दिनुहोस