आज: २०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026

आकस्मिक बाढी आउँदा घर, होटल र झोलुङ्गे पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

२०८३ अषाढ २९, सोमबार मा प्रकाशित ( ४ मिनेट अघि) ३४२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
पोखरा -२९ असार ।

हालको लगातार वर्षा हुन थालेपछी विपद्का घटनाहरु बड्न थालेका छन् ।

त्यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको आकस्मिक मोदी खोलाको बाढीका कारण अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउलीबजारमा एक परिवारका घर र होटल बगाएको छ । साथै सोही स्थानका अन्य होटल तथा घरहरुमा पनि क्षति पुगेको जानकारी प्राप्त भएको छ ।

अविरल वर्षाको कारण आएको बाढीले मोदी खोला किनार कटानले नयाँपुल–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध भएको बताइएको छ। यससंगै किम्रुङ खोलामाथि रहेको झोलुङ्गे पुल पनि बगाएको छ । जसका कारण अन्नपूर्ण पदमार्ग हुँदै आवतजावत गर्ने स्थानीय–विदेशी पर्यटक प्रभावित बनेका हुन्।

स्थानीयवासीका अनुसार नदीको माथिल्लो क्षेत्रमा पहिरो खसेर खोला केही समय थुनिएको र केही बेरमा एक्कासी खुल्दा ठूलो बाढी आएको हुन सक्ने अनुमान गरिएको छ।

उक्त घटनापछि स्थानीय प्रशासन र गाउँपालिकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भएको थियो। प्रशासनले मोदी खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा नदी किनारमा नजान आग्रह गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस