आज: २०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

सर्वोच्चको सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न अन्तरिम आदेश

२०८३ अषाढ ३२, बिहिबार मा प्रकाशित ( ५ मिनेट अघि) ३७३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
काठमाडौं- ३२ असार ।

सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका सम्पूर्ण कामकारबाही तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ। बुधबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगद्वारा भैइरहेको सम्पत्ति जाँचबुझ छानबिनका सबै काम रोक्न अन्तरिम आदेश दिएको हो।

सर्वोच्चले आयोगका कामकारबाही रोक्न यसअघि पनि गत शुक्रबार अन्तरिम आदेश जारी गरेको थियो। तर आयोगले यसअघि सर्वोच्चको आदेशको अवज्ञा गर्दै पूर्वन्यायाधीश, पूर्वसैन्याधिकारी र संवैधानिक आयोगका पूर्वपदाधिकारी बाहेक अन्य सबैका सम्पत्ति छानबिन गर्ने कार्यलाई निरन्तरता दिने भन्दै सूचना जारी गरेर पुन ः छानविनका काम अघि बढाएपछी सर्वोच्चले यस्तो आदेश दिएको हो ।

अदालतको अवहेलना भएको भन्दै अधिवक्ता मनीराम उपाध्यायले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश निरौलाको इजलासले आयोगद्वारा जारी गरिएको उक्त सूचना कार्यान्वयन नगर्न सबै काम रोक्न पुनः अन्तरिम आदेश जारी गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस