आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

विश्वकप २०२६को उपाधि १६ वर्षपछि स्पेनले पुनः हात पार्यो

२०८३ श्रावण ४, सोमबार मा प्रकाशित ( १ दिन अघि) ८३८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
धादिङ -४ साउन ।

विजेयीको मुख मै आईपुगेका साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनका टोलीले फिफा विश्वकप २०२६को बाजी मारेको छ ।

१६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि स्पेनले हात पारेको हो । यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो भने आज आएर फेरी १६ वर्षमा विश्वकपको उपाधी हात पार्न हाँशिल भएको छ।

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा नेपाली समयानुसार गएराति १२ः३० बजेदेखी सुरु भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको भएपनि अन्ततः अहिले विहान विश्वकप खेलले अन्तिम रुप लिएको हो।

अत्तिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले खेलको १०६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिना विरुद्ध एक शून्यको अग्रता लिएर उक्त खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि एक शून्य गोलको जित हासिल गर्न सफल भएको हो ।

सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ को गोल अन्तरले पराजित गरी विश्वकपको फाइनलमा पुगेको थियो । स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले हराएर फाइनलमा फड्को मारेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस