आज: २०८३ भाद्र ७, आईतबार | Sun, 23, Aug, 2026

फेरी सप्तरीमा २ वर्षीया बालिका मृत भेटिइन्

२०८३ भाद्र ७, आईतबार मा प्रकाशित ( ३६ सेकेण्ड अघि) ० पाठक संख्या
नारी बाटिका


नारी वाटिका डट्कम

सप्तरी –७ भदौ ।

सप्तरीको शम्भुनाथ नगरपालिकामा १ मा आज २ वर्षीया एक नाबालिका मृत भेटिएकी छन्।

प्रहरीका अनुसार शम्भुनाथ नगरपालिका ३ का इरफान खातुनकी २ वर्षीया छोरी खुशी खातुन आफ्नै घर पछाडि मृत फेला परेकी हुन्। बालिकाका परिवारका अनुसार आजै (आइतबार) बिहान करिब ९ः ४० बजेसम्म बालिका आफ्नै घरमै खेलिरहेकी बताइएको छ ।

उता बारामा ३ वर्षीया बालिका गरिमा चौधरीको घटना सेलाउन नपाउँदै यता यसरी बालिका हराएपछी उनका परिवारले आत्तिएर समयमै एक्कासी बालिका हराएको भन्दै परिवारले प्रहरीलाई खबर गरेका थिए।

त्यसपछी प्रहरी र स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा ृउनक्रै घरपछाडि झाडीमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनु भयो ।

घटनाबारे प्रहरीले अनुसन्धान गरीरहेको र बालिकाको पोष्टमार्टमका लागि प्रक्रिया पुरा गरी अघि बढाएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस