
बिबियु,नारी वाटिका डट्कम
धादिङ १० भदौ ।
आज अचानक चिनको तिब्बतबाट आएको बाढीले रसुवा,नुवाकोट,धादिङ,गोरखा लगायतका जिल्ला पुर्ण रुपमा क्षति पुर्याएको छ । बाढीले बगाएर चितवनको त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएको हो। कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म भेटिएका उक्त शवको पहिचान भने खुल्न बाकी छ ।
अहिले साँझ ६ः०० बजेसम्म ठाउँ–ठाउँमा ति शवहरु भेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनु भयो । प्रभावित क्षेत्रमा सुरक्षा निकायले उच्च सतर्कताका साथ बग्दै आएका शवहरू निकाल्ने काम भइरहेको छ । केहीबेर अघिसम्म १८ शव भेटिएको, १२ वटा हातखुट्टाहरूसमेत भेटिएको बताइएको छ ।
प्रजिअ अर्यालका अनुसार हालसम्म चितवन यस बाढीले जोखिम परेको छैन । नागरिकलाई नदीमा सामान तान्न नजान आग्रह गर्दै उहाँले शवहरू देखिएमा खबर गर्न आग्रह गर्नु भएको छ ।
यता त्रिशुली नदीमा आज आएको भयावह बाढीले पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसैबाट सवारी रोकिएको छ । पृथ्वी राजमार्गको धादिङमा सडक अवरुद्ध भएकाले चितवन,पोखरा तर्फ जाने सवारीसाधन रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नारायणी नदीमा बाढी आउन सक्र्ने पुर्वानुमान गरी आज दिउँसो नदी आसपासका विद्यालय बन्द गरिएको भने नदी तटीय क्षेत्रमा सुरक्षा निकायले माइकिङ गरी उच्च सतर्कता अपनाउन भनेको छ ।












प्रतिक्रिया दिनुहोस